Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, पौष १, २०७९

काठमाडौं : मंसिर महिना सकिएसँगै नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ। मंसिर महिना बिहेको सिजन भएर माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो। पुस लागेसँगै सुन घटेन थालेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२