Aamsanchar

आयल निगमले घटायाे पेट्रोलियम पदार्थको मूल्य

Author Image
शुक्रवार, पौष १, २०७९

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलमा ३/३ रुपैयाँ घटाएको छ।

१ सय ८१ बाट पेट्रोल घटेर १ सय ७५ रुपैयाँ, १ सय ७८ बाट घटेर १ सय ७५ रुपैयाँ र एक सय १७ प्रतिलिटर मट्टीतेल १ सय ७५ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ।

हवाइ इन्धन-आन्तरिक र हवाइ इन्धन–बाह्य) को मूल्य घटाइएको छैन। हवाइ इन्धन १ सय ९० र हवाइ इन्धन बाह्य १.६४५ डलरमा बिक्री हुँदै आएको छ। एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ।

निगमले सरकार इन्डियन आयल कर्पोरेसनलाई डिसेम्बर २०२२ सम्म १९ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ। वक्यौता एवं ऋण तिर्न कठिन भइरहेको निगमले जनाएको छ। पटक पटक मूल्य घटेर आएपनि निगमले यसअघि मूल्य समायोजन गरेको थिएन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर