विश्वकप फुटबलको बहुप्रतिक्षित फाइनल भिडन्त आइतबार राति ८:४५ मा सुरु हुँदै छ। विश्वकपको २२ औं संस्करणको सुरुवाती खेलमा पराजित भएर यात्रा सुरु गरेको अर्जेन्टिनाले फाइनल सम्मको यात्रा सधैँ ‘गर या मर’ का रूपमा नै पूरा गर्यो
कप्तान मेसीले जारी विश्वकप यात्राबारे निकै सकसपूर्ण तरिकाले फाइनल पुगेको भन्दै अब च्याम्पियन बन्नका लागि टिम मानसिक रूपमा तयार रहेको बताए। उनले भने, ‘खेल जित्नैपर्ने बाध्यतामा रहेको अवस्थामा मैदान प्रवेश गर्नु पर्दा टिम र खेलाडीलाई त्यसको दबाब कति हुन्छ। हामीलाई प्रस्ट थाहा छ। किनकि हार्यो भने प्रतियोगिताबाटै बाहिरिन्छ। हामी यस्तो अवस्था सुरुवातबाटै भोग्यौं र फाइनलसम्म आइपुग्दा अब मानसिक रुपमानै बलियो भइसकेका छौं।’
खेलअघिको पत्रकार सम्मेलनमा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प आफैँ मान्छन् कि योपटक विश्वभरका धेरै समर्थकहरु मेसीले विश्वकप जितेको हेर्न चाहन्छन्। उनका लागि प्रार्थान गरिरहेका छन्। डेस च्याम्प भन्छन्, ‘अर्जेन्टिना र विश्वका धेरै मानिसले मेसीका लागि प्रार्थना गरिरहेका छन्। उनले विश्वकप उचालेको हेर्न आँतुर रहेका छन्। सायद केही फ्रान्सेलीले पनि त्यस्तै चाहन्छन् होला,’ उनले थपे ‘तर हामी हाम्रो लक्ष्यमा प्रतिबद्व छौं।’