अर्जेन्टिनाको गोलपोस्ट नियमित किपर इमिलियानो मार्टिनेजले निरन्तरता पाउँदा रक्षापंक्तिमा निकोलस टाग्लियाफिको, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो र नह्युल मोलिना छन्। मिडफिल्डमा रोडरिगो डी पौल, अलेक्सिस म्याक-अलिस्टर छन्।
प्रशिक्षक लियोनेल स्कालोनीले आक्रमणको जिम्मा कप्तान लियोनेल मेसी, जुलियन अल्भारेज र एन्जल डी मारियालाई सुम्पिएका छन्।
यस्तै, फ्रान्सको गोलकिपर नियमित कप्तान हुगो लोरिसले सम्हालेका छन्। रक्षापंक्तिमा थिओ हर्नान्डेज, डायोट उपामेकानो, भरान र जुलेस कोन्डे छन्।
भरान र उपामेकानो बिरामी परेकाले आजको खेलमा शंका थियो। तर, प्रशिक्षक डिडियर देस्च्याम्पले उनीहरूलाई नै मौका दिएका छन्।
मिडफिल्डनमा एड्रियन राबियोले पनि पुनरागमन गरेका छन्। उनले पनि सेमिफाइनलमा मोरक्कोविरुद्धको खेल गुमाएका थिए। राबियोसँगै औरेलिन चोआमेनी र एन्टोइन ग्रिजम्यानलेले फ्रेन्च मिडफिल्ड सम्हाल्ने छन्।देस्च्याम्पले आक्रमणको जिम्मा ओसुमाने डेम्बेले, ओलिभर जिरुड र किलियान एम्बाप्पेलाई दिएका छन्।