नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम काता तर्फ स्वर्ण जित्न सफल भएको हो । पुरुष तर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर ब्यक्तिगत कातामा स्वर्ण जित्न सफल भएका थिए ।
यसैगरी श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मिलित टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जिते । श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमितेतर्फ स्वर्ण जितिन् । श्रीजना महताराले क्याडेट ब्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमिते तर्फ रजत जोडिन् । नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर ब्यक्तिगत कातामा रजत प्राप्त गरिन् । नेपालका लागि स्वर्ण जोड्ने क्रममा टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर ब्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भइन् ।नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाइ थापा मगर रहेका थिए । च्याम्पियनसिपमा नेपाल, भारत र रसियाका गरि ४२५ खेलाडीहरूको सहभागिता रहेको थियो । सोही प्रतियोगिताका दौरान भएको प्रशिक्षक सेमिनारमा नेपाली करातेका वरिष्ठ प्रशिक्षक हिरा सिंह डङ्गोलले भारतका सिनियर तथा जुनियर प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको मुम्बईबाट प्रशिक्षक डङ्गोलले जानकारी गराए ।