

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिको उमेदवार प्रस्ताव गर्ने घोषणा गरेका छन् ।

संसदीय दलको नेतामा डा. शेखरले महामन्त्री थापालाई उमेदवार प्रस्ताव गर्ने सहमतिपछि थापाले यस्तो घोषणा गरेका हुन् । बसेरा होटेलमा जारी संस्थापनइतर पक्षको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो घोषणा गरेका हुन् ।
“१५औँ महाधिवेशनमा सभापतिको उमेदवार प्रस्ताव गर्छु भनेर गगन थापाले भन्नुभयो,” कांग्रेस सांसद डा. सुनील शर्माले भने, “गगनजीलाई संसदीय दलको नेतामा शेखरले प्रस्ताव गर्नुभएको छ ।”

Views: 143

