Aamsanchar

कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने : राजेन्द्र लिङदेन

Author Image
बिहिवार, पौष ७, २०७९


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

उनले अहिलेको गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरु गर्न तयार रहेको बताए। उनले पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको पनि बताए।

उनले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताए। अध्यक्ष लिङदेनले अबको सरकार हिजोको सरकार जस्तो बन्नु नहुने भन्दै जनमुखी काम गर्ने सरकारको आवश्यक्ता रहेको बताए।

उनले भने, ‘भनेजस्तो साथीहरु अझै ल्याउन सकिएन। हामी आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर छौँ। देश र जनताको हीतमा आफ्नो भूमिका हिजो भन्दा आज अझ सशक्त राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार निर्माणको प्रक्रियामा आफूलाई अघि सारेको छैन। नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनोओस् भन्ने छ स्थिरताको लागि। नत्र अहिलेको गठबन्धनले बनाओस्, त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ। हामी सरकारमा जान अकारण समर्थन गर्दैनाँै। सरकार निर्माण र मन्त्री पदका लागि मात्रै समर्थन गर्दैनौँ। अब सरकार बन्दा हिजोको अवस्थामा फरक बन्नुपर्छ। सुशासन, सेवा प्रवाहका हिसावले आउने सरकारले फरक ढंगका हिसावबाट सरकार बन्नुपर्छ। त्यो ढंगमा मात्रै समर्थन हुन्छ।’

अध्यक्ष लिङदेनले सुशासन, सेवा प्रवाहका हिसावले आउने सरकारले फरक ढंग काम गरेमात्रै आफ्नो समर्थन रहने बताए।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर