Aamsanchar

नेपाल टी–२० लिग : काठमाण्डौको विजयी सुरुवात

Author Image
शनिवार, पौष ९, २०७९

काठमाण्डाै – पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाण्डाै नाइट्ले नेपाल टी–२० लिगमा विजयी सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमाण्डाैले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । पोखराका ओपनर उपुल थरंगाले सर्वाधिक ४४ रन बनाए । आरिफ शेखले २० तथा अमिर हम्जा र अभिमन्यु मिथुनले समान १८ रन बनाए ।

काठमाण्डाैको बलिङमा अविनास बोहराले ३ विकेट लिए । बसिर अहमदले दुई तथा अनिल खरेलले १ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाण्डाैले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रनको योगफल तयार गरेको थियो ।

खेल ढिला गरी शुरु भएकाले एक ओभर घटाइएको हो । काठमाण्डाैका ओमारजाइले ८५ रनको योगदान गरे । ८ ओभर ४ बलमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको काठमाण्डाैका लागि ओमारजाइले सुनम गौतमसँग १ सय १४ रनको साझेदारी गरे । सुनम २८ बलमा २ चौकासहित २७ रनमा अविजित रहे ।

पोखराका प्रतिस जिसी र जाहिर खानले समान २ विकेट लिए भने, मौसम ढकालले एक विकेट लिए । यस्तै अर्को खेलमा अहिले  लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड खेलिरहेका छन् । टस जितेर लुम्बिनीले ब्याटिङ रोजेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर