Aamsanchar

प्रचण्डकाे निर्देशन : बालुवाटारमा कुनै पनि भड्किलो सामान नकिन्नु

Author Image
सोमवार, पौष ११, २०७९

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज सोमवार सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सरसामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत उहाँको निवास व्यवस्थापन शाखालाई यस्तो निर्देशन दिनुभएको मल्लले जानकारी दिनुभयो ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर