Aamsanchar

आज राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक, सरकारमा जने वा नजने बारे टुंगो लगाउने

Author Image
बुधवार, पौष १३, २०७९

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ। बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए ।

राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताएका छन्।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर