Aamsanchar

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले सरकारलाई समर्थनको निरन्तरताका लागि राखे तीन शर्त

Author Image
बुधवार, पौष १३, २०७९

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सरकारलाई समर्थनको निरन्तरताका लागि तीन शर्त राखेका छन्। सामाजिक सञ्जालमार्फत् मिश्रले कुनै हालतमा सरकारमा जान नहुने भन्दै समर्थनको निरन्तरताका लागि तीन शर्त राखेका हुन्।

उनले संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले धर्म निरपेक्षताबारे संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गर्न शर्त राखेका छन्।

मिश्रले उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानविन गरी दोषीलाई कारवाही गनुपर्ने अर्को शर्त राखेका छन्

उनले  पुस २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस घोषणा गर्नुपर्ने शर्तसमेत राखेका छन्।

उनले प्रचण्डबारे आफ्नो पुरानो व्यक्तिगत धारणा यथावत् रहेको समेत बताएका छन्।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर