Aamsanchar

सरकारी निवास बालुवाटार छोडे देउवाले

Author Image
बुधवार, पौष १३, २०७९

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार छोडेका छन्। प्रधानमन्त्रीबाट हटेका सभापति देउवाले बुधबार बिहान सरकारी निवास बालुवाटार छोडेका हुन्।

उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेको उनका प्रेस संयोजक गोविन्द पारियारले जानकारी दिए। बूढानीलकण्ठस्थित आफ्नो घर मर्मत भइरहेकाले उनी भाडाको घरमा सरेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ गत आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भए थिए। सोमबार नै बालुवाटार छोड्ने तयारी गरेका देउवा घर नपाएपछि आज सरेका हुन्।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर