

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीले विदेशबाट ल्याउने मोबाइल नरोक्न निर्देशन दिएका छन्। अर्थमन्त्री विष्णु पौडेललाई प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिएका हुन्।

सरकारले आजदेखि अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरूत्साहित गर्नका लागि भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो।
गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण सुरू गरेको थियो। तर प्राधिकरणले आजदेखि पूर्ण रूपमा कार्यान्वयन गरेपनि चौतर्फी विरोध भएको थियो। प्रधानमन्त्रीको उत्तः निर्देशनसँगै विदेशबाट मोबाइल ल्याउन पाइने भएको छ।

Views: 148

