

पोखरा । पोखरा विश्वविद्यालय क्रिकेट क्लब लाई ‘एफ १५ क्रिकेट प्रतियोगिताका’ का लागि मिथिलाञ्चल वारियेर्स एसोसिएट पार्टनरको रुपमा आवद्ध भएको छ।

पोखरा विश्वविद्यालयमा आज एक कार्यक्रम बीच पोखरा विश्वविद्यालय क्रिकेट क्लबका अध्यक्ष अभिषेक यादव, मिथिलाञ्चल वारियेर्सका म्यानेजर शत्रुधन शाह बिच हस्ताक्षर भएको हो ।

मिथिलाञ्चल वारियेर्स पोखरा विश्वविद्यालयको एक प्रतिष्ठित फ्रेन्चाइज टीम हो । पोखरा विश्वविद्यालयको क्रिकेटलाई साथ हौसलाका साथ हामी सँग प्रायोजकको रूपमा जोडिँदा थप ऊर्जा प्राप्त भएको अध्यक्ष अभिषेक यादवले बताए ।

एफ–१५ प्रतियोगिता माघ १५ गते देखी पोखरामा आयोजना हुँदै छ।
Views: 100

