

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको उपाधिका लागि आज भिडन्त हुँदैछ।

उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीचको खेल मध्यान्ह १२ बजेबाट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुनेछ। लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा विराटनगरले पनि जनकपुरलाई नै पराजित गरेर लुम्बिनीसँगको भेट पक्का गरेको थियो।

त्यसअघि भएको इलिमिनेटर खेलमा विराटनगरले काठमाडौं नाइट्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो।लिगको विजेताले ५५ लाख पाउँदा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त पाउने क्यानले जनाएको छ। तेस्रो हुनले १० लाख र चौथोले ५ लाख रूपैयाँ पाउनेछन्।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार दिइनेछ।

