Aamsanchar

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

Author Image
शुक्रवार, पौष २९, २०७९

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन  र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको छ।

आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनीहरुको मन्त्रालय तोकिएको छैन। यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

यसअघि तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू नियुक्त भएका छन् सबै मन्त्रीको मन्त्रालय पछि तोकिने भएको छ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर