केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएका छन् ।
राज्यका कर्मचारीहरूलाई ‘कानुन प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न रोक्नको लागि आफ्नो कर्मचारी पुस्तिका अद्यावधिक गरेका छन् ।
बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलिनाका गभर्नरहरूले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । ओहायो, न्यू जर्सी र अर्कान्सासले पनि यस हप्ताको सुरुमा प्रतिबन्धमा हस्ताक्षर गरेका थिए ।
केही राज्यहरू टिकटकलाई लक्षित भन्दा अगाडि बढेका छन्। उदाहरणका लागि न्यु जर्सी र विस्कान्सिनले चिनियाँ कम्पनीहरूका विक्रेताहरू, उत्पादनहरू र सेवाहरूमा प्रतिबन्ध लगाएका छन् ।
नेपालमा टिकटकका कारण धेरै घटनाहरु घटिसकेको छ, सामाजिक, कानुनी मुल्य र मान्यता विपरित कतिपय युवाहरु लागेका समाचारहरु आउने गरेको । हुदाँ हुदाँ मृत्यु र समवेदनामा पनि मजाग गर्न थालिएको भनेर सचेत वर्गबाट त्यस्था टिकटक प्रयोगकर्ताहरु आलोचित भईरहेका छन् । नेपाल सरकारले भने यस तर्फ ध्यान दिन सकेके छैन भन्दा पनि फरक पर्दैन ।