Aamsanchar

घिमिरेद्वारा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा

Author Image
शुक्रवार, माघ ६, २०७९

काठमाडौं :  सभामुख देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन्। सभामुखमा निर्वाचित भएपछि उनले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नको लागि पार्टीबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

सभामुख घिमिरेले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पदभार ग्रहण गर्नेछन्।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर