अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् ।
मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानका स्टेनाफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा जोकोभिच ६–३, ७–६ र ७–६ को सेटमा विजयी भए । दोस्रो र तेस्रो सेट टाइब्रेकरमा पुगेको थियो ।
जाेकाेभिचले दशाैँ पटक अस्ट्रेलियन ओपन टेनिस जितेका हुन् । योसँगै जोकोभिचले सर्वाधिक २२ वटा ग्रान्डस्लामको उपाधि जितेर राफायल नाडालसँगको रेकर्ड बराबरी गरेका छन् ।
महिलातर्फको उपाधि हिजो शनिवार नै बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । साबलेन्काले काजकिस्तानकी एलिना रेबाकिनालाई ४–६, ६–३ र ६–४ ले हराएकी थिइन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 141