Aamsanchar

सुनचाँदीकाे मुल्य

Author Image
बुधवार, माघ १८, २०७९

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ।अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू पाँच सयले बढेर रू एक लाख ६ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू पाँचले बढेर प्रतितोला रू एक हजार तीन सय ७० पुगेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२