Aamsanchar

उर्लाबारीमा स्कुल बसको ठक्करबाट वृद्धको मृत्यु

Author Image
बुधवार, माघ १८, २०७९

विराटनगर : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका-३ स्थित थापा चोकमा बुधबार बिहान स्कुल बसले ठक्कर दिँदा एक जना वृद्ध पुरुषको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६१८२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार दुर्घटनामा परेर उर्लाबारी-८ का ८० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको छ।

पैदल हिँडिरहेका बेला बिहान ६ बजेतिर पथरीशनिश्चरेस्थित पञ्चायत माध्यमिक विद्यालयको बसले तामाङलाई ठक्कर दिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर