

ढल्केवर (धनुषा) : धनुषा प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१२ हनुमाननगर बस्ने ६० वर्षीय रामनारायण साह रहेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता, राहदानी बनाउन आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Views: 134

