काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ ।
खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियमा ढाकामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुर हुनेछ ।
पहिलो खेलमा पराजित भएका दुवै टोली आज सुखद नतिजाको लक्ष्यमा छन् ।
उद्घटान खेलमै भुटान भारतसँग १२(० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३(१ ले पराजित भएको थियो ।
शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना कायम राख्ने हो भने नेपालले आजको खेल जित्नैपर्नेछ । अझै फराकिलो अन्तरले जित्नुपर्नेछ । राउण्ड रोविन लिगमा शीर्ष दुई टिम मात्र फाइनल पुग्नेछन् र नेपालले लिगको अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।
आजै बेलुका पौने ७ बजे बंगलादेश र भारतबीत खेल हुनेछ ।
नेपालको फाइनल पुग्ने बाटो अब एउटै मात्र छ । नेपालले भुटान र भातरलाई पराजित गर्ने अनी भारत आज बंगलादेशसँग पराजित हुने ।
यसो भएमा बंगलादेश ९ अंक जोडेर शीर्ष र नेपाल ६ अंक जोडेर दोस्रो स्थानमा हुनेछ ।