Aamsanchar

नेपालका पूर्व–कप्तान सन्दीपलाई पाकिस्तानी ओपनर रिजवानले भेटे

Author Image
सोमवार, माघ २३, २०७९

काठमाडौं –पाकिस्तानी ओपनर मोहम्मद रिजवानले नेपालका पूर्व–कप्तान सन्दीप लामिछानेलाई भेटेका छन् ।रिजवानले सोमबार राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका सन्दीपसँग भेटघाट गरेका हुन् ।

एकदिवसीय र ट्वान्टी–२० शृङ्खलाका लागि गएको भदौ ६ गते केन्या उड्नुभन्दा अघिल्लो रात एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले भदौ २३ गते तत्कालीन कप्तानसमेत रहेका सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राख्न आदेश दिएको थियो । तर, सन्दीप जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटीमा रिहा भएपछि क्यानले गएको मंगलबार उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । बिहीबार क्यानले उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गरेको थियो । र, शुक्रबारदेखि उनले बन्द प्रशिक्षण सुरु गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर