Aamsanchar

सिलगढीमा अलपत्र परेकी एक महिलाको उद्धार

Author Image
मङ्गलवार, माघ २४, २०७९

डाेटी – डोटीको शिखर नगरपालिकाले अलपत्र परेकी एक महिलाको उद्धार गरेको छ ।

दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र परेकी शिखर नगरपालिका–१० बानेडुग्रीसैनकी दुर्गादेवी बलायरको उद्धार गरिएको हो ।

बलायर एक हप्तादेखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र पर्नु भएको थियो । मानसिक रोगको औषधि खाइरहेकी उहाँ कसरी  सिलगढीमा पुग्नुभयो भन्ने खुलेको छैन ।

बलायर सिलगढी बजारमा रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपमेयर सुनिता रावलको पहलमा उहाँको उद्धार गर्नु भएको हो ।

Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर