Aamsanchar

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको संख्या करिब २४ हजार

Author Image
शनिवार, माघ २८, २०७९

एजेन्सी – टर्की र सिरियामा केन्द्रविन्दु भएर गत सोमबार गएको भूकम्पछिको उद्दार कार्य जारी रहँदा मृत्यु हुनेको संख्या करिब २४ हजार पुगेको छ ।

भूकम्पमा परेर टर्कीमा २० हजार भन्दा बढीको मृत्यु भएको छ भने सिरियामा ३ हजार ५ सय जनाको मृत्यु भएकाे त्यहाँका अधिकारीहरुले बताएका हुन् । भूकम्पमा परेर मृत्यु हुनेको संख्या दैनिक बढिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने उद्दारकर्मीहरुले अनुमान गरेका छन् ।

Views: 137

प्रतिक्रिया (०)