Aamsanchar

सिटी प्रिमियर लिगकाे शीर्ष स्थानमा

Author Image
बिहिवार, फागुन ४, २०७९

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा आर्सनललाई ३–१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक एक गोल गरे। आर्सनलका बुकायो साकाले एक गोल फर्काए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ। दोस्रो स्थानमा झरेको आर्सनलको पनि ५१ अंक रहेको छ। आर्सनलले एक खेल कम खेलेको छ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर