Aamsanchar

बहु-बिबाह गरेर फरार रहेका एक जना पक्राउ

Author Image
शुक्रवार, फागुन ५, २०७९

झापा-बिराटनगर-१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले बहु-बिबाह मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-६ का ३५ बर्षीय राजेश कामत रहेका छन् ।बहु-बिबाह मुद्धामा  मोरङ जिल्ला अदालतको मिति २०७८ मंसिर २९ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना १७ दिन कैद र १० हजार रुपैया जरिवाना तोकिई फरार रहेका प्रतिबादी कामतलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कामतलाई मोरङ जिल्ला अदालतमा दाखिला गरे पश्चात कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको छ ।

Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर