Aamsanchar

नेपलिज क्यानडियन क्रिकेट क्लब चितवनमा खेल्न आउने

Author Image
शनिवार, फागुन ६, २०७९

फागुन ११ गतेबाट   चितवनमा जारी हुने  इष्टर्न क्रिकेट एकेडेमी (इसीए) लिग टी२० क्रिकेट प्रतियोगितामा क्यानाडाको नेपलिज क्यानडियन क्रिकेट क्लब (एनसिसि ) फ्रेन्चाइज टिममार्फत  सहभागिता जनाउने भएको छ।

नेपलिज क्यानडियन क्रिकेट क्लबले क्यानाडामा मात्र नभएर अब हामी नेपाली मातृ भूमिमा पनि क्रिकेटको माध्यम बाट जोडिन र योगदान गर्न हामी यस प्रतियोगितामा जोडिएका हौ। यस प्रतियोगितामा जोडिन पाउँदा हामी हर्षित छौ क्लबले जनाएको छ।

प्रतियोगितामा  एनसीसीका लागी नेपालका राष्ट्रिय खेलाड़ी गौतम केसीले  गर्नेछन् भने टिममा विज्ञान पाण्डे ,रबिन्द्र तिमिलसिना, नबीन यादव ,लव्कि सापकोटा, सिरिश राखल, पारस घिमिरे ,कृष्ण श्रेष्ठ ,दीपेश कुमार छेत्री  ,प्रसन्न बर्तौला, बिदुर पौडेल, सनस्कार देवकोटा रहेका छन्।

इष्टर्न क्रिकेट एकेडेमी (इसीए) ले फागनु ११ गतेदेखि २२ गतेसम्म खैरहनी नगरपालिका ५ को गौचरन मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लीज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी कुल ६ टोलीको सहभागिता रहेन आयोजकले जनाइको छ । प्रत्येक टोलीले २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरू आफ्नो टिममा समावेश गर्न सक्नेछन् ।

सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्लेयर अफ द सिरिजलाई नगद १० हजार, बेष्ट बलर र वेस्ट ब्याट्सम्यानलाई जनही ५र५ हजार र इमर्जिङ प्लेयरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर