

काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गरेका छन्। उनी लिग २ मा ५० विकेट लिने तेस्रो खेलाडी हुन् भने नेपालका पहिलो खेलाडी हुन्।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै लामिछानेले ५१ विकेट लिएका हुन्। सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन्।

यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन्। उनको नाममा ७६ विकेट रहेको छ। दोस्रो स्थानमा अमेरिकाका तिव्र गतिका बलर सौरभ नेत्रवाल (५८ विकेट) रहेका छन्।

Views: 226

