Aamsanchar

लिभरपुलद्वारा न्युकासल पराजित

Author Image
आइतवार, फागुन ७, २०७९

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासललाई २–० गोल अन्तरले हराएको छ।गएराति भएको खेलमा लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे।

खेलको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।

खेलको २२ औं मिनेटमा निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो।

जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेको छ। लिभरपुल आठौं स्थानमा रहेको छ। न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर