Aamsanchar

एट्लेटिको मड्रिडका मिडफिल्डर रोड्रिगो डी पाउलले ‘मड्रिड डर्बी’ गुमाउने

Author Image
बिहिवार, फागुन ११, २०७९

काठमाडौं- एट्लेटिको मड्रिडका मिडफिल्डर रोड्रिगो डी पाउलले तिघ्राको चोटका कारण यसै हप्ता हुने ‘मड्रिड डर्बी’ गुमाउने भएका छन् । अर्जेन्टिनाका २८ वर्षीय मिडफिल्डर डी पाउल स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको एथ्लेटिको बिल्बाओविरुद्धको खेलमा घाइते भएका थिए । डियागो सिमेओनेको टिमले एथ्लेटिको बिल्बाओलाई १–० ले हराए पनि खेलको ५९औँ मिनेटमा डी पाउलले मैदान छोडेका थिए । अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जित्दा महत्त्वपूर्ण सदस्य रहेका डी पाउलको तिघ्रामा समस्या रहेको क्लबले जनाएको छ ।

“एथ्लेटिको बिल्बाओविरुद्ध मांसपेशी समस्याका कारण खेल छाडेका रोड्रिगो डी पाउलको परीक्षणपछि उनको तिघ्रामा चोट लागेको स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्,” एट्लेटिको मड्रिडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एट्लेटिको मड्रिडले आउँदो शनिबार ‘मड्रिड डर्बी’का लागि सान्टियागो बर्नबेउ भ्रमण गर्नेछ । रियाल मड्रिड र एट्लेटिको मड्रिडबीचको यो खेल नेपाली समयानुसार शनिबार राति ११ः१५ देखि सुरु हुनेछ । ला लिगामा २२ खेलबाट ५१ अंक जोडेको रियाल मड्रिड तालिकाको दोस्रो स्थानमा छ । त्यो शीर्ष स्थानको बार्सिलोनाभन्दा आठ अंक बढी हो । समान खेलबाट ४१ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको चौथो स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (१)

सम्बन्धित खबर