Aamsanchar

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा निशुल्क स्टल, अल्लो उद्योगको बाक्लो उपस्थिति 

Author Image
बिहिवार, फागुन ११, २०७९

घोराही ।   घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी –२०७९’ मा दाङको पहिचान अल्लोबाट बनेका सामाग्रीहरू राखिएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अल्लो उद्योगहरूले अल्लोका सामाग्रीहरू प्रदर्शनीमा राखका छन् । जो आकर्षणको स्टलहरू बनेका छन् । अल्लो उद्योगहरूको पनि बाक्लो उपस्थिति रहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा गरेको प्रदर्शनीमा अल्लोको ७ वटा स्टलहरू छन् । “साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा मुख्य गेटबाट प्रवेश गर्ने बित्तिकै अल्लोबाट बनेका विभिन्न सामाग्रीहरू राखेका स्टलहरू छन् । अल्लोबाट बनेका कपडा, जुत्ता, चप्पल, ब्याग, क्याप, टोपी, कोट, जुहारी कोट, मोदी कोट, सल, पर्स, किरिंग, मोबाइल ब्याग, अल्लो धागो लगायतका सामाग्रीहरू राखिएको छ ।

जसमा स्टल नम्बर १ सय ३ मा राष्ट्रिय अल्लो उद्यमी संघ, १ सय ४ मा विश्वासिलो अल्लो तथा कपडा उद्योग, स्टल न। १ सय ५ र १ सय ६ मा युनिक दिदीबहिनी अल्लो उद्योग घोराही, र स्टल न। १ सय ८, १ सय ९ र १ सय १० मा प्रेम निश अल्लो उद्योग, सुभ सौगात दाङ कोसेली घर र चिनारी महिला साझेदारी अल्लो उद्योग घोराहीले स्टलहरू राखेका छन् ।

अल्लोको बजार पछिल्लो समय फस्टाउँदै गएको र दर्शकहरूले पनि धेरै मात्रामा प्रयोग गर्ने गरेको प्रेम निश अल्लो उद्योगका सञ्चालक प्रेमकुमारी पुनले बताउनुभयो । प्रदर्शनीमा पनि निशुल्क रुपमा स्टल आफूहरूले पाएको र दर्शकहरूले पनि अवलोकनका लागी एवं खरिद गर्ने गरेको उहाँले जानकारी दिनुभयो । अन्य जिल्लाहरूमा पनि स्टल लग्ने गरेको बताउँदै उहाँले दाङमा यसको राम्रो बिक्री हुने गरेको पुनले बताउनुभयो ।
प्रदर्शनीमा आउने दर्शकहरूले अल्लोको सामाग्रीहरूको अवलोकनसँगै सामाग्रीहरू किनमेल गर्न आउने गरेको यूनिक दिदीबहिनी अल्लो उद्योगका हिसिला वलीले बताउनुभयो । अल्लोको बारेमा बुझ्नसँगै किनमेलका लागी आउने गरेको उहाँले बताउनुभयो ।

स्थानीय उद्योग एवं उत्पादनलाई प्राथमिकता दिएर निशुल्क रुपमा स्टलहरू प्रदान गरिएको र   जसमा अल्लो उद्योगहरूले उत्साहका साथ स्थानीय उत्पादित अल्लोका सामाग्रीहरू राखेको स्टल व्यवस्थापन समितिका संयोजक सीता मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (१)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१