Aamsanchar

सरकारबाट बाहिरिने एमालेकाे निर्णय

Author Image
सोमवार, फागुन १५, २०७९

काठमाडौं : नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो।

बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए।

अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन् चिढ्याउँदै गएका थिए।

उनले हिजो परराष्ट्रमन्त्री डाक्टर विमला पौड्याल राईलाई स्वीट्जरल्याण्ड भ्रमण रोकेर पूर्व-कानुनमन्त्री गोविन्दप्रसाद कोइरालालाई पठाएका छन्।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर