Aamsanchar

 बिर्तामोड महोत्सवमा सुरक्षा कडा पारियो, फेस डिटेक्टर क्यामराबाट पनि निगरानी  

Author Image
बुधवार, फागुन १७, २०७९

बिर्तामोड। गत फागुन ५ गतेबाट शुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको २४सै घण्टा सीसी क्यामेराबाट निगरानी भइरहेको छ ।
महोत्सवमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाएसंगै अबलोकनकर्ताको घुइचो लागेको हो । महोत्सव समापनको दिन नजिकिदै गर्दा दर्शक अवलोकन कर्ताको भिड अत्याधिक बढन थाले पछि महोत्सव स्थलमा सुरक्षा जनशक्ति बढाईएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव स्थलमा अत्याधुनिक उपकरणसहितको सीसी टिभी जडान गरेसंगै महोत्सव प्रविधिमैत्री बनेको हो । सीसी क्यामेरा मोनिटर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर निगरानी बढाइएको हो ।
महोत्सव स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले समेत थप सुरक्षा सर्तकता अपनाएर महोत्सवस्थललाई सुरक्षित बताएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए । उनले भने– ‘महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्ने हिसाबले हामीले सुरक्षामा राम्रो प्रबन्ध गरेकाछौं । ढुक्क भएर महोत्सव अवलोकन गर्न सक्नुहुनेछ ।’ महोत्सव सफल बनाउन दिनरात सुरक्षामा खट्ने सुरक्षाकर्मीहरुलाई आयोजकलदे धन्यवाद दिदैं उनीहरुको प्रशंसा गरेका छन् ।

आगामी फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको आगमन हुने भएपछि अवलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बिर्तामोड–२ स्थित प्रभु रामचोकमा जारी महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायत जिल्लाका साथै छिमेकी देश भारतबाट समेत अवलोकनकर्ताहरु महोत्सव अवलोकन गर्न आएको आयोजक समितिले जनाएको छ ।

कोरोनाका कारण आर्थिक कारोबारमा मन्दी आइरहेका बेला आर्थिक कारोबारलाई चलायमान बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले व्यापार महोत्सवको आयोजना गरेको हो । व्यापार महोत्सवले प्रदेश १ का कृषि, पर्यटन लगायतका क्षेत्रको प्रचारमा भरपुर सहयोग गरेको जनाइएको छ ।
यसैबीच बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवमा डीडी सेक्युरिटी सर्भिसका नागरिक सुरक्षा गार्ड (सुरक्षा कर्मी) हरूले सुरक्षा सेवा प्रदान गरिरहेको छ । काठमाडौं गुहेश्वरीमा मुख्य कार्यालय रहेको डीडी सेक्युरिटी सर्भिसको प्रदेश १ क्षेत्रीय कार्यालय बिर्तामोडले महोत्सवमा सुरक्षा प्रदान गर्दै आएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर