Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, फागुन १७, २०७९

काठमाडौं : कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा छ।

 

दिउँसो भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आजबाट हिउँद सकिएर प्रि–मनसुन शुरु भएको छ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर