Aamsanchar

प्रदेश १ को नाम कोशी प्रदेशका लागि  ८२ जना सांसदको समर्थन

Author Image
बुधवार, फागुन १७, २०७९

विराटनगर । देश संघीयतामा गएको ५ वर्ष पछि प्रदेश १ ले स्थाई नाम पाउने भएको छ ।  प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विपक्षमा भने चार जनाले हात उठाएका थिए । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ ।

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्ताव थियो । उक्त प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका हुन् । यस्तै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर