Aamsanchar

बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

Author Image
शुक्रवार, फागुन १९, २०७९

बझाङ : जयपृथ्वी नगरपालिका-१० चैनपुरमा फागुन १९ गते बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ। जयपृथ्वी नगरपालिका-१० चैनपुरको बाहुलीगाडको किनार निर्माणाधीन बसपार्क नजिकै सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको र उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बच्चा  कसको हो भन्ने विषयमा  अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर