Aamsanchar

बिर्तामोडमा पहिलो पटक छाला सम्बन्धी क्लिनिक सञ्चालन

Author Image
आइतवार, फागुन २१, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक छाला रोग तथा सौन्दर्य सम्बन्धी क्लिनिक सञ्चालनमा आएको छ । बिर्तामोड स्थित खड्का कम्प्लेक्समा डेल्फि स्किन क्लिनिक आज (आइतबार) देखि सञ्चालनमा आएको हो ।
क्लिनिकको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईँले गरेकी छन् ।

साताको एक दिन हरेक आइतबार डाक्टर रिती आचार्यले सेवा दिने गरि बिर्तामोडमा क्लिनिक सुरु गरिएको र सेवाग्राहीको चाप बढ्दै गए विशेषज्ञ डाक्टरको दैनिक सेवा उपलब्ध गराउने अध्यक्ष प्रकाश बुढाथोकीले बताए ।
दमकमा विगत ८ वर्ष देखि डेल्फि स्किन केयर हस्पिटल सञ्चालनमा रहेको छ । पूर्वका बिरामीहरूलाई सहजता प्रदान गर्न बिर्तामोडमा उक्त हस्पिटल अन्तरगतको क्लिनिक बिर्तामोडमा सुरु गरिएको व्यवस्थापक मीना ढुङ्गानाले जानकारी दिइन ।

क्लिनिकमा ओपीडी सेवा अन्तरगत छाला रोग, छालाको अप्रेसन र अनुहार तथा सौन्दर्य सम्बन्धी उपचार तथा परामर्श प्रदान गरिने डाक्टर रिती आचार्यको भनाइ छ ।

छाला रोगमा नङ, कपाल, चायाँ, कुष्ठरोग, छाला अप्रेसनमा मासु पलाएको, छाला मोटो भएको, मुसा पलाएको, डन्डिफोर, लुतोलगायतका समस्याको उपचार हुने र सौन्दर्य तर्फ चाउरीपना मिलाउने, छाला तन्काउने, सेतोदुबी लगायतका समस्यालाई फोटो थेरापीको माध्यमबाट उपचार हुने बताइएको छ ।

बिर्तामोडमा धेरै अस्पतालहरू रहेपनि छाला सम्बन्धी छुट्टै विभाग नभएको र अब यस क्लिनकबाट सहज रुपमा छालाका रोगीहरूले सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)