बिदा माग्दै गरेको शिशिर र आँउदै गरेको बसन्तको मिश्रणले होला हिजो आज दिनहरू दिनप्रतिदिन तात्दै गएको छ । लामो समय वर्षात नभएर हो कि किन हो यस वर्ष आँउदै गरेको बसन्तमय वातावरण खुल्न सकिरहेको छैन । तल तल बेसी खोला भन्ज्याङको फाँटहरूमा सिमलको रूखहरू फक्रिदै फुल्न थालेको छ । खोलाको पानी ताते सँगै असला पा र अन्य जलचरहरूको भुराहरूले खोलाको वरपर जलचरमा आश्रित चराचुरुङ्गीहरूको चहलपहल बढेको छ । केही अधुरो भएजस्तो, केही प्रकृतिको सिँगारपटारमा केही केही छुटेजस्तो विगतको वर्षहरु भन्दा यस वर्ष दिनहरू अलि अलि फरक हुँदै आउदैछन………….. मनमा यस्तै कुरा खेलाउदै चिया प्mयाक्ट्रीको बाटो हुदै म महेन्द्ररत्न बहुमुखी क्याम्पसको गेटबाट भित्र लागे ।
हाल क्याम्पसको वातावरण आँउदै गरेको बसन्त ऋतु भन्दा पनि रमणीय बनेको छ । सूर्यउत्तरायण भएबाट तात्न थालेको धर्ती र स्ववियु चुनाव हुने हल्लाले तताएको हाम्रो क्याम्पस हिजो आज बढो हेर्न बस्न लायकको ठाँउ बनेको छ । छिरिङ्ग, शेखर र सुरेश दाइहरूलाई आजभोली समय बितेको थाहै हुदैन अरे, वीरबहादुर लिम्बू दाइलाई भने चिन्तित मुद्रामा भेटे । दाइलाई तलब कसरी मिलाएर खाने, कसरी खोक्रो फुइ लगाई समकक्षीहरू अगाडि नाक ठ्डयाउने वा चाप्लुसी गर्दै कसरी ठूला बडाको नजिक हुने भन्ने चिन्ता रहेनछ । बिर बहादुर दाइको चिन्ता बढो उदेक लाग्दो छ । मैले रोपेको फुल कसैले टिपिदेला कि , मेरो फूलबारी भित्र पसी फोटो खिच्ने बहानामा कसैले कलिला फुलका बोट किल्चीदेला कि यस्तै यस्तै कुरा सोचेर दाइ गम्भिर मुद्रामा आजभोली क्याम्पस तिर धेरै समय बिताउनु हुँदो रैछ । वीरबहादुर दाइ सँग केही समय भलाकुसारी गिसकेपछि स्ववियुको हावाले तातेको म डाँडामा ठिङ्ग उभिरहेको लाइब्रेरी तिर अघि बढे । क्याम्पसको प्राङ्गणमा विद्यार्थीहरूको झुण्डझुण्ड समुहमा छरिएको देख्न सकिन्थ्यो, चौर, खाजाघर प्रतीक्षालय कतै खाली छैन मानौ ठुलो कार्जे हुदैछ क्याम्पसमा, मनाइदैछ जात्रा पर्व, सबै विद्यार्थीहरू व्यस्त छन आप्mना कुरा राख्न आफ्ना मान्छेहरूको कुराहरु सुन्न । बिपक्षिको कुराहरु सुन्ने सामर्थ कोहि राख्दैनन, कसैलाई साझा विद्यार्थीहरूको साझा एजेण्डा बनाउनु छैन । २०६३ सालबाट रोकिएको स्ववियु चुनाव आहा बनाउन सचेत विद्यार्थीहरूको स्वतन्त्र आवाज सुन्न कसैलाई फुर्सदै नभएको जस्तो देखिन्छ । म हरेक समहलाई खोक्रो मुस्कान बाडढै, धेरैको कुरामा कुरा मिलाउदै डाँडामा उभिएको लाईब्रेरी हलसम्म पुगे ।
चियाबारीको काखमा एक्लै उभिइरहेको लाईब्रेरी भवन साच्चै नै एक्लो रहेछ । याँहा हिजो जस्तै शान्त वातावरण छ , स्ववियुको हावाले तताउन नसकेको एकमात्र स्थान रहेछ हाम्रो लाईब्रेरी । अचम्म, आज त लाईब्रेरीमा कोहि कर्मचारी पनि हुनुन्न रहेछ । सिसि क्यामरा एकनाश एकोहोरो एक्लो कोठामा टोलाइरहेको छ । हजारौको संख्यामा रहेका पुस्तकहरु खादाखालद रयाकहरुमा मिलेर बसेका छन । लाईब्रेरी साच्चै लाईब्रेरी जस्तो छ, शान्त र उज्यालो । उज्यालो अलिक धेरै भएर होला कोठाहरु अलिक फोहोर, अलि अब्यवस्थित जस्तो छ । मेरो मनमा केही गरु गँरु जस्तो भएर आयो यो लाईब्रेरीको लागि । लाईव्रेरी सरसफाई अभियान नै चलाईदिउ जस्तो, इलाम बजारमा पुष्प ब्यवसाय गर्नेहरुलाई एक एक फुल र गमला लाईब्रेरीमा उपलब्ध गराई लाईब्रेरीलाई हराभरा बनाइ दिउ जस्तो । मननै उकुस मुकुस भएजस्तो भएर आयो । महेन्द्ररत्न बहुमुखी क्याम्पसले बि।स। २०६७ सालमा प्रकाशन गरेको स्वर्णस्मारिका लिन भनेर म आज लाईब्रेरी सम्म आएको थिए । मलाई थाहा छ, बि।ए।, बि।बि।एस। र एजुकेसन बिषयहरुको पुस्तक पाउने रयाकहरु तर आज मैले खोजेको पुस्तक कुन रयाकमा पाइन्छ भन्ने कुरामा म अग्यात थिए, फर्किउ कि बसु दोधारमा ठिङ्ग उभिएको म अलमलमा परेको थिए । त्यति नै बेला बि।ए। पुस्तकालाय रयाकको पछाडिबाट एक किसीमको मान्छे हिडेको आवाज सुने दोधारमा परेको म केही नसोची त्यतातिर अघि बढे । मैले सोचेको थिइन इलामका इतिहास बिध युद्धप्रसाद बैद्य सँग मेरो भेट मरब क्याम्पसको लाईब्रेरीमा यसरी हुन्छ भनेर । म अलि आत्तिदै तर्सेजस्तो गरेर “सर नमस्ते, तपाई आज यता कता बाट” भनिहालेछु । सरले मुस्कुराउदै भन्नु भयो “ म त यतातिर बि।सं २०१७ साल देखी नै छु त प्रशान्त” । सरको उत्तरले म प्रश्नबिहिन भए । सरले भन्न खोज्नु भएको कुरा मैले बुझिन, तर सरको कुरा बुझिन भन्न पनि मन लागेन । कुरा बुझे जस्तो गरेर ठुलो स्वरमा हाँसि दिए ।
साधारणतया युद्ध प्रसाद बैद्य सरसँग भेट हुदा म सकेसम्म वाहाको अनुसन्धान अनुभवहरु सुन्ने इच्छा राख्छु । तर आज मलाई वाहाले मरब क्याम्पसमा बिताएका पुराना दिनहरुको कथा सुन्ने मन छ । हिजोमात्र होला मलाई मंगेश सरले स्वर्णस्मारिका धेरै नखोज भाई बरु युद्ध प्रसाद वैद्य सर सँग भेटेर आप्mना जिज्ञासाहरु मेटाउने कोशिस गर तिमीले खोजेको कुरा जिवन्त भेटछौ । मलाई ढुङ्गा खोज्दा देउता भेटे जस्तो भयो । म मनमनै गदगद भए । सर समय कस्तो छ रु कत्तिको फ्रि हुनुन्छ रु केही समय गफ गर्न मन थियो भनि प्रस्ताव राखे । मेरो प्रश्नलाई आड दिदै सरले हुन्छ नि याहा स्टाफ आउन्जेल कुरा गरौ भन्नुभयो । हामी लाईब्रेरी हलको पहिलो तलामा रहेको अध्ययन कक्षालयमा बसी भलाकुसारी गर्न थाल्यौ । सरले बि।सं २०१७ सालमा आफु श्री महेन्द्र रत्न माहाबिद्यालयको पहिलो बिध्यार्थी हुदाको क्षणदेखी महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बि।स। २०४८–२०५२ मा प्राध्यापक हुँदै यस शिक्षण संस्थामा आफुले बिताएको ४१ वर्ष लामो समयको केही रोचक घटनाहरुको बारेमा सुनाउन थाल्नु भयो । म नाटकघर भित्र हराएको दर्शक जस्तै सरको शब्दहरुमा डुबिरहे । गहिरार्ई नाप्ने कोशिस गरिन, समयको काँटालाई ध्यान दिइन, केवल सरका कुराहरुमा जिज्ञासु बनिरहे । सरले सरस्वती कन्या हाइस्कुलको भवनमा अध्ययन गर्दाको क्षण बिर्षन सक्नु भएको रहेनछ । महिला मात्र अध्ययन गराउने उक्त बिद्यालय आदर्श मा।बि।मा राजा महेन्द्रले गाब्नु हुदैन थियो । एतिहासिक बिद्यालयको अस्तित्व मेटाएर इलाम फनपार्क बनाउनु हुदैन थियो । सरको बिचार निकै प्रस्ट सँग बुभ्mन सकिन्थयो, जे भयो त्यति धेरै ठिक भएन । वाहा आप्mना कुराहरुमा बारम्बार इतिहासलाई जोगाउनु पर्छ भनिरहनुहुन्थ्यो । बिध्यार्थीलाई आफुले पढेको बिद्यालयको माया हुनुपर्छ प्रशान्त भाई । हामीले बि।सं २०१८ सालमा क्याम्पसको गर्जो टार्न तत्कालिन महेन्द्ररत्न माहाबिद्यालय भएको भवन, पब्लिक हलमा मुकुन्द इन्दिरा टिकट सहितको नाटक देखाएको, देउसी भैलो खेली क्याम्पसलाई आर्थिक सहयोग गरेको थियौ । आज भन्दा कथा जस्तो लाग्छ । यहि क्याम्पस हो जाहा १६ वटै जिल्लाबाट विद्यार्थीहरू भेला भएर सिपमुखी शिक्षा लिन्थे । लु आज हेर त विद्यार्थीहरू आफ्नो अधिकार माग्न मात्र तम्सिरहेको छ, शिक्षकहरु बिध्यार्थी पढाउनु भन्दा पनि नेता बिध्यार्थी फकाउन लागिरहेका छन यस्तो तरिकाले हुन्छ प्रशान्त भाई । तिमी पनि यहि क्याम्पसको बिध्यार्थी हैनौरु तिमीले यो क्याम्पसको लागि खै के गरयौ रु सोच्दा एकोहोरो मात्र भएर हैन एकाग्र, शान्त र सितल भएरपनि सोच्न सिक्नुपर्छ ।
सरले म तिर तेर्साउनु भएको प्रश्न गम्भिर थियो । केहिदिन अघिदेखी म मा एक किसीमको जोश चडेको थियो । स्वर्णस्मारिका हेरी क्याम्पसको बिगत र बर्तमानको बारेमा फरक छुटयाउने, बिध्यार्थीको लागि हाल क्याम्पसले के गर्दैछ रु किन क्याम्पस यति धेरै सुस्त छ रु भन्दै प्रसाशनलाई, बिध्यार्थी संगठनहरुलाई पे्रसर दिनुपर्छ भन्ने सोच लिएर लाईब्रेरी हलसम्म पुगेको म आफु आफैसंग अल्मलिए जस्तो भए । सरले मलाई एकनास हेरिरहनु भएको थियो । मेरो आँखाहरु अघि जसरी सरको आँखासंग जुध्न सकिरहेको थिएन अनुहार नै डराएजस्तो भयो कि के हो सरले कुरा बुझेजसरी भन्नु भयो लु अव छुटनु पर्छ होला साँझको ४ बजीसकेछ, हामी गफिएकापनि २÷३ घन्टा भएछ । मैले अझै केही भन्न सकिन टाउकोको इशाराले सरको कुरामा आप्mनो सहमति जनाए सर कक्षाबाट केहिछिनमै बिलाउनुभयो । म केहिबेर लाईब्रेरी अध्ययन कक्षमा त्यसै टोलाएर बसे मेरो दिमागमा खाली एउटै प्रश्न उठिरह्यो साच्चि नै मैले मेरो क्याम्पस सवल हुने खालको केही गरेको छैन त रु दिमागभरि एउटै प्रश्न बोकेर म क्याम्पसको गेटतिर लागे । लाईब्रेरीका कर्मचारीहरु आए आएनन, स्वर्णस्मारिका लाईब्रेरीमा होला नहोला म मा यि कुराहरुको चिन्ता हराई सकेको थियो । दिउसो क्याम्पसको प्राङ्गणमा जम्मा भएका विद्यार्थीहरू अघि आ–आफ्नो बासस्थान तिर लागि सकेछन । मलाई भने कोठा फर्किन मन लागेन , म शेखर दाइको चिया पसल गई २÷३ कप दुधको कटिङ्ग चिया पिए । अन्धकार अलिक पलाई सकेछ घामले सिद्धिथुम्काको डाँडा चुमी बिदा माग्दै रहेछ डुब्दै गरेको घामलाई बिद गर्न हो कि किन हो गौथलिहरुको हुल आकाशमा बेजोडले नाच्दै रहेछन । कसैलाई वाइवाई भने जस्तो गरि आफ्नो पखेटा हल्लाउदै रहेछन । म जव भित्रैबाट गलेर आउछु तव प्रकृतिको साथमा बस्न रुचाउछु । कयौचोटी म मेरो सुखदुख पोख्न यो लभडाडामा आएको छु । घन्टौ एक्लै बसेपछि, एकोहोरो पारी फुटुक, शान्तिडाँडालाई निहालेपयिछ मन त्यसै त्यसै हलुङ्गो भएर आउछ । लभडाँडा साच्ची नै मेरो लागि इलाममा एक असल साथी जस्तो बनेको छ । आज घामले बिदा मागेको केहिक्षणमै मेरो दिमागमा फेरी एउटा उपाय आयो । मैले मनलाई सोधे आजसम्म मैले मेरो क्याम्पसको लागि केही गरिन होला तरुःखैर जे होस यसपालीको स्ववियु चुनावमा मैले भोलीका दिनहरुमा आफै उपस्थित भई सम्पन्न गर्न सक्ने योजनाहरुलाई आफ्नो एजेण्ढा बनाउनु पर्ने रहेछ मेरो एजेण्डालाई आप्mनो एजेण्डा बनाउने संगठन वा स्वतन्त्र उमेद्धार जो कोहि चुनावमा उत्रिन्छ उसलाई मैले सकेको सहयोग गर्नुपर्दछ ।
अघिसम्म केही गरिन भनेर भारी भएको दिमाग एकाएक अव के गर्ने भनेर तिखारिन थाल्यो । दिमागमा आएका कुराहरुलाई फोनमा टिपोट गरिहाले ताकि नबिर्सिउ भनि । क्रमगत आप्mनो सो्चलाई टिपोट गर्न थाले फोनको नोटबुकमा
मेरो एजेण्डा शिर्षक
१, क्याम्पसलाई बर्डकन्जरभेसन नेपाल सँग सहकार्य गराई यस क्याम्पसमा चराप्रेमी विद्यार्थीहरुको समूह बनाई मासिक रुपमा चरा अवलोकन कार्यक्रम आयोजन गर्ने ।
२, ‘‘मेरो कथा’’ शिर्षक दिइ यस क्याम्पसमा अध्ययन, अध्यापन गरि हाल आफ्नो क्षेत्रमा सफल भएका ब्यक्तित्वहरुलाई आप्mनो जिवनकथा सुनाई बिध्यार्थीबर्गमा उर्जा भर्न मेरो कथा कार्यक्रम मासिक रुपमा संचालनमा ल्याउने ।
३, नेपाल माउन्टेन एकेडेमी र महेन्द्ररत्न बहुमुखी क्याम्पस विच भगिनी सम्बन्ध बिस्तार गरि कन्चनजंघा संरक्षण क्षेत्रभित्र मरब क्याम्पसका बिध्यार्थी र नेपाल माउन्टेन एकेडेमीका बिध्यार्थीहरुलाई एकजुट भई संरक्षणको अभियानमा सहकार्य गराउने ।
४, कमर्श आर्ट र एजुकेसन बिभागका बिध्यार्थीहरुलाई आप्mनो बिषयगत सरोकारवाला संघ संस्थाहरु सँग त्रैमासिक रुपमा “भोलिको हाम्रो इलाम” शिर्षकमा बैचारिक गोष्ठी संचालन गर्ने ।
म मेरा कुराहरुमा सचेत छु मैले भोलि सहयोग गर्न नसक्ने बिषयहरुलाई प्रचारवाजी गर्नको निम्ती मात्र आप्mनो एजेण्डाहरू बनाउनु हुदैन । सायद म मेरा एजेण्डाहरू सफल बनाउने ल्याकत राख्दछु त्यसकारण यसपालिको स्ववियु उमेद्धारहरुको अगाडि मेरो एजेण्डा प्रष्ट छन । जसले मेरो एजेण्डालाई आप्mनो एजेण्डा बनाएर स्वबियु चुनावको उमेद्धार बन्छ म उसको पछाडि हुनेछु । मैले जसरी नै सम्पुर्ण क्याम्पसका सचेत बिध्यार्थीहरुले आफ्नो एजेण्डा नेतृत्व गर्न चाहाने हरुको अगाडि राख्न सक्ने हो भने सायद नेतृत्वमा आउन चाहाने ब्यक्तिहरु गम्भिर हुन्थे होला । उमेद्धारी दिनुभन्दा अघि धेरै गम्भिर भएर सोच्थे होला र संगठनहरुले विद्यार्थीहरूको एक साझा एजेण्डा बनाउन लागिपर्थे होला । यस्तै यस्तै कुरा सोच्दा सोच्दै मेरो मन एक्कासी फुरुङ्ग भयो । युद्ध प्रसाद बैद्य सरलाई भित्र मन बाटै धन्यवाद दिए । सरलाई आज नभेटेको भए सायद म पनि फरक धारबाट सोच्दिन थिए होला । आफु नै सहि छु जे गर्दै छु ठिकै गर्दैछु भनि घमण्डको पाहाडले थिचिएर बस्थे होला । दैवसंजोग बैद्य सर सँग भेट भई धन्य आज मेरो आँखा खुल्यो । जय शम्भो !
रात निकै छिप्पि सकेको छ, चिसोहावा अलि अघि भन्दा शक्तिशालि रुपमा प्रस्तुत हुदैछ । मेरो प्यारो साथि लभडाँडा हिजो अस्ति झै आज पनि मेरो मन हलुङ्गो बनाउन सफल भएको छ , थ्याङ्ग यु लभडाँडा भनि एउटा नारायण गोपालको गित सुनि कोठा जानुपरयो । हातमा भएको फोनमा मैले नारायण गोपाल र अरुणा लामा द्धारा गाइएको हिमालसरी बोलको गित बजाएर फोन छेउमा राखी संगितमा रमाउन थाले । एकाएक तलतिर चियाबारीबाट एउटा आवाज आयो यात्री जि ओ यात्री जि, म झसङ्ग भए । फोनको आवाज अलिक घटाई आवाज आएतिर अलिअलि अघि बढे, आवाज झनझन परपर गए जस्तो सुनियो । मनमा लाग्यो सुम्निमा हुनुपर्छ । उनी सधै यस्तै गर्छिन प्राय म सँग लुकामारी खेल्न रुचाउने उनी मेरो प्रिय मान्छेहरूको लिष्ट भित्र पर्छिन । उनको र मेरो सम्बन्धको बारेमा एउटा दुईवटा वाक्य काफि छैन , पुरै उपन्यास लेख्नुपर्छ, सुम्निमा र मेरो सम्बन्ध बारे मान्छेहरुलाई बुझाउन । म अघि बसेको ठाँउतिरै फर्के एकाएक मेरो फोन अघि राखेको ठाँउबाट गायब भएको थियो । म आत्तिए, मेरो शरिर पुरै तात्तिएर आयो मनमा चिसो पलायो मलाई के भयो के अत्तालिए दिमागले कामै नगरे जस्तो भयो, निसास्सीए जस्तो उकुसमुकुसको बिच म झल्यास्स भए । अहो के अनौठो मान्छे म त आप्mनो ओच्छयानमा सुतेर नै संसार डुलिरहेको रैछु । फागुन ५ को मेरो शुक्रबार बढो अनौठो नयाँ सपना बाट सुरु भयो ।