Aamsanchar

 सानो काम, ठुलो सोच : कनकाईमा दृष्टिविहीन अपाङ्गता भएकाहरूलाई कुचो बनाउने तालिम सुरु 

Author Image
बिहिवार, फागुन २५, २०७९

कनकाई । दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले झापाको कनकाई नगरपालिकामा आज देखि १० दिने अम्लिसो कुचो बनाउने तालिम सुरु भएको छ ।
कनकाई नगरपालिकाको आर्थिक सहयोग र नेत्रहीन संघ झापाको संयोजनमा तालिम सुरु भएको हो ।

तालिमका लागि नगरपालिकाले ३ सय केजी कुचो उपलब्ध गराएको छ । कुचो बनाउने तालिम लिए पश्चात  नेत्रहीन, अपाङ्गता व्यक्तिहरूले घरमै बसेर कुचो बनाउन सक्ने छन् । तयार भएको कुचोको बजारमा माग धेरै छ र कनकाई नगरपालिकाले पनि बजारीकरणमा सहयोग गर्ने बचन दिएको नेत्रहीन संघ झापाकी अध्यक्ष सृजना बरालले बताइन ।

कच्चा कुचोको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ । एक किलो बाट तीनवटा तयारी कुचो तयार हुन्छ । हाल बजारमा तयारी कुचोको मूल्य प्रति गोटा १ सय रुपैयाँ सम्म रहेको छ ।
तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्नसके दृष्टि विहीन अपाङ्गता भएकाहरू स्वरोजगार बन्ने छन् । त्यसका लागि नेत्रहीन संघ झापाको सक्रियता निरन्तर रहन आवश्यक रहेको कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

नेत्रहीन, शारीरिक अपाङ्गता भएका कतिपय व्यक्तिहरू दुखः देखाउदै गाउँ, शहरमा आर्थिक सहयोग माग्दै हिड्ने गरेका छन् । त्यसरी माग्दै हिँड्दा कतिपय व्यक्तिबाट नमिठो भनाई र अपहेलनाको सिकार बन्नु परेको कुराहरू पीडितहरूले गर्ने गरेका छन् ।संघ, सङ्गठनले आत्मनिर्भरको कार्यक्रम र अवसरहरू सृजना गरेर दृष्टि विहीन, अपाङ्गता भएकाहरूलाई स्वरोजगार बनाउने तर्फ सबै पक्षको ध्यान जान जरुरी छ ।    कनकाई नगरपालिकाले उपलब्ध गराएको कुचो बनाउने तालिम देख्दा सानो भएपनि, तालिमबाट लाभान्वित वर्गमा पुग्ने सहयोग भने ठुलो सावित हुने छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१