Aamsanchar

नेपालको बालुवा अबैध रुपमा भारत लाने गरेका खुलासा, प्रहरीले ट्रयाक्टर लियो नियन्त्रणमा

Author Image
शुक्रवार, फागुन २६, २०७९

मोरङ- मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट अवैध रुपमा बालुवा बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी गस्ति टोलीले रतुवामाई-१ स्थितमा भारतिय BR389-202 नम्वरको ट्रयाक्टर नेपाल प्रवेश गरी अवैध रुपमा बालुवा भारत तर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । बालुवा सहित नियन्त्रणमा लिएको उक्त ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर