Aamsanchar

बिर्तामोडमा सुजुकीको भिटारा र नयाँ ब्रेजा एकै साथ सार्वजनिक  

Author Image
शुक्रवार, फागुन २६, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–२ रामचोकमा रहेको सुजुकी गाडीको आधिकारिक बिक्रेता एआर ट्रेडर्स अटो प्रालिमा  दुईवटा नयाँ  मोडलका गाडीहरू बिक्रीका लागि सार्वजनिक गरिएको छ ।
आज (शुक्रबार) बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले एक कार्यक्रमका बीच उक्त गाडीहरु पर्दा खोलेर सार्वजनिक गरेका हुन । 

नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’“ब्रेजा“ सार्वजनिक गरिएको हो ।  ‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्रान्ड भिटारामा सुजुकीको आफ्नै “Crafted Futurism Design Language” को प्रयोग गरिएको छ जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । सुजुकीको लेजेण्डरी All-Grip  टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने”Full Hybrid”  प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।
निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ । सुजुकीको कोशी प्रदेश डिलर्स इन्चार्ज विशाल दाहालका  अनुसार “पछिलो समयमा नेपाली बजारमा

एसयूभीको माग उच्च छ । यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ conditions हुन जसको लागि एसयूभी उचित हुन्छ । साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछनसेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटाराब्रेजा, यो सेगमेंटमा GAME CHANGER  हुनेछ ।“  

कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, व्यवसायी शिवराज थापा, एआर ट्रेडर्स अटो प्रालिका सञ्चालन राजेन्द्रकुमार थापालगायतको उपस्थिति रहेको थियो । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 545

प्रतिक्रिया (०)

सम्बन्धित खबर