Aamsanchar

बिर्तामोडमा बन्दकर्ताद्वारा स्वास्थ्य क्षेत्रको गाडी तोडफोड

Author Image
आइतवार, फागुन २८, २०७९

 बिर्तामोड । झापाको बिर्तामोड–२ चारपाने देखि पाँच सय मिटर पश्चिममा बन्दकर्ताहरूले एउटा सानो गाडी तोडफोड गरेका छन् ।
अटो ट्याम्पुमा बोराभित्र ढुङ्गा लिएर आएका ७–८ जना बन्दकर्ताहरूले अन्धाधुन्द गुडिरहेका गाडीहरूमा ढुङ्गा हान्दा एच लोगो चिन्न टासिएको कुनै स्वास्थ्य संस्थाको बागमती प्रदेशको बा. एए ६१४८ नं. को गाडीको अगाडि भागको सिसा फुटाएका छन् । बन्दकर्ताहरूले अरु गाडीहरूमा पनि ढुङ्गा हानेका थिए गाडीका बिभिन्न ठाउँमा ढुङ्गा लागेको थियो तर ति गाडीहरू नरोकीकन आफ्नो गन्तव्य तर्फ गएको प्रत्यक्षदर्शी स्थानीय गजेन्द्र खनालले आमसंचारलाई बताए ।

घटना स्थलमा बन्दकर्ताहरूले बिहान सबेरै सडकमा टायर बालेका थिए । सो पश्चात प्रहरीले बन्दकर्तालाई लखेटेर आगो निभाएको थियो । अहिले करिव १०ः ३० बजे पुन सोही ठाउँमा बन्दकर्ताहरूले टायर पालेर सवारी साधनहरूमा ढुङ्गा हान्न सुरु गरेका थिए । घटनाको जानकारी पाउन साथ घटना स्थलमा प्रहरी पुग्दा बन्दकर्ताहरू नम्बर प्लेट खोलिएको अटो रिक्सा चढेर उत्तरतर्फ भागेको एक प्रहरीले बताए ।

कोशी प्रदेशको नाम खारेजीको मुख्य मागसहित पहिचानवादी ६ वटा पार्टीले आज संयुक्त रुपमा कोशी प्रदेश बन्दको आवहान गरेका थिए । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक, लिम्बूवान राष्ट्रिय समिति लोसपा, किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियान केन्द्रिय समितिले संयुक्त बन्दको आवहान गरेका हुन ।

सर्वसाधारणले बन्दको अवज्ञा गर्दै झापामा आंशिक रुपमा निजी सवारीसाधनहरू चलेका छन् भने छोटो तथा लामो दरीका सार्वजनिक यातायातहरू भने चलेका छैनन् । त्यसैगरी मुख्य बजारहरू बन्द रहेका छन् । गाउँ टोलका चोकहरूमा भने व्यवसायीहरूले आफ्नो व्यवसाय खुला गरेका छन् ।

Views: 392

प्रतिक्रिया (०)

सम्बन्धित खबर