Aamsanchar

सुनको भाउ ह्वात्तै बढ्यो

Author Image
मङ्गलवार, फागुन ३०, २०७९

काठमाण्डाै – सुनको भाउ लगातार बढ्न थालेको छ। आज तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो भने अस्ति तोलामा १ हजार ७ सय रुपैयाँले बढेको थियो । भाउ अझै बढ्ने अनुमान छ । यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

 

Views: 436

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२