Aamsanchar

कोशी प्रदेश प्रहरीमा वाग्ले र दाहाल फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

Author Image
सोमवार, चैत ६, २०७९

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादव प्रसाद दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी –६ स्थितबाट अवैध लागू औषध गाँजा ७० किलोग्राम र साँगुरीगढी –८ स्थित सडक खण्डमा को १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम अवैध लागू औषध गाँजा बरामद गरेको तथा  प्रहरी हवल्दार यादव प्रसाद दाहालले मोरङको कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका-२ स्थित नरसिंह चौधरीको ग्वालीमा २८ वर्षीय प्रियङ्का सोनारलाई कर्तव्य गरी मारी बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको साथै सुनसरीको बर्जू गाउँपालिका कि ३७ वर्षीय चन्द्रकला देवी राय लडी घाईते भएको भनी श्रीमान शैलेन्द्र रायले उपचारर्थ कोशी अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको हुँदा  उनीहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH)  घोषणा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)