Aamsanchar

पाटेबाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु

Author Image
सोमवार, चैत ६, २०७९

प्रतिकात्मक तस्वीर ।

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु भएको छ। सोमबार बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो।

बर्दियाको मधुवन नगरपालिका ५ को चिरौती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बाघको आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० हिक्मतबहादुर बोहोराले जानकारी दिए।

Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर