झापा – पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु बुधबार झापाको दमक पुगेर पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् । शाहलाई भेट्न अध्यक्ष लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा झापाको दमक पुगेका हुन् । पूर्व राजासँगको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको नेता लोहनीले बताए ।

Views: 167

