

फिक्कल : ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ।

‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलकारीले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ।

यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडामा तालाबन्दी गरेको थियो। पहिचान पक्षधरले गत चैत १४ गते चुलाचुली गाउँपालिकामा समेत तालाबन्दी गरेका थिए।

संघर्ष समितिले इलाम जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै चैत १४ देखि १७ गतेसम्म कार्यालय बन्द गर्न भनेका थिए।
Views: 121

