भक्तपुर : बोडेको बिस्केट जात्राको अवसरमा यो वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। मध्यपुर थिमीको बोडेमा हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन्।
जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्। सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्।
जात्राको हालसम्मको तथ्यांकअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145